एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी कंडेललाई

एनआरएनए युके उपाध्यक्ष नारायण कंडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

बेलायतबाहिर रहेका अध्यक्ष प्रेम गाहा मगरले आफ्नो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी कंडेललाई सुम्पिएका हुन् ।

बिहीबार जारी एक वक्तव्यमा अध्यक्ष गाहामगरले उपाध्यक्ष नारायणदत्त कंडेललाई कार्यवाहक अध्यक्षको रुपमा कार्य गर्न जिम्मेवारी दिएको जनाइएको छ ।