चीनको सांघाइमा कोभिडका कारण थप ११ जनाको मृत्यु भएको छ ।
कोभिड संक्रमण बढेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो कोभिडका कारण संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार सांघाइमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्धकालीन समस्या रहेको पनि जनाइएको छ ।
मृत्यु हुने कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।