‘गोर्खा: बिनिथ द ब्रेभरी’को प्रिमियर न्यु योर्कमा

 

भिक्टोरिया क्रसबाट सम्मानित हुने पहिलो गोर्खा स्वर्गीय सार्जेन्ट कुलवीर थापाको वास्तविक घटनाबाट प्रेरित फिचर फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ न्यु योर्कमा प्रिमियर हुँदै छ ।

फ्रेस मिडो लेन, फ्लसिङ, न्यु योर्कस्थित बम्बई थिएटरमा अप्रिल १६, शनिबार फिल्मको प्रिमियर रहेको छ । प्रिमियर दिउँसो ४ बजे रहेको बताईएको छ ।

‘गोर्खा: बिनिथ द ब्रेभरी’ SHY प्रोडक्सनद्वारा निर्मित फिचर फिल्म हो, जसलाई अवार्ड विजेता फिल्म निर्माता प्रदीप शाहीले निर्देशन गरेका हुन्। फिल्मको सम्पूर्ण नाफा गोर्खा कल्याणकारी कोषमा जानेछ।

सेप्टेम्बर १९१५मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा गरेको आक्रमणमा जर्मन लाइनहरूमा कदम चाल्ने प्रमुख कम्पनीहरूमध्ये एक थिए २६ वर्षीय राइफलम्यान, कुलवीर थापा ।

सीमित बजेटमा बनाइएको गैर लाभकारी चलचित्र निर्माणका लागि सबै कलाकार र टोलीले स्वेच्छिक रुपमा काम गरेका छन् ।