संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन् ।
उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा परिरहेको असरलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताएका छन् । उनले हाल यी दुई देशको युद्धका कारण विशेषगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा असर परिरहेको बताए ।
महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर परिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन् ।