फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् ।
उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यस शक्तिशाली आँधीका कारण मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।