फिफाले नोभेम्बरमा कतारमा हुने विश्वकपका खेलहरू ९० मिनेटको सट्टा १०० मिनेटसम्म बढाउने सम्भावना खोजिरहेको छ।
विश्व फुटबलको नियमकारी निकायले नोभेम्बरमा हुने टूर्नामेंटको लागि खेलहरू १०० मिनेटको बनाउन खोजिरहेका हुन्। फुटबल खेलहरूमा बल लामो समयसम्म खेलमा रहँदैन, अपेक्षा गरिएको समयसम्म बललाई मैदानमा खेलाउनका लागी यस्तो निर्णय गर्न खोजीएको हो ।
सीआइएस फुटबल अब्जर्भेटरीका अनुसार च्याम्पियन्स लिगमा ६४.७% मात्रै बल खेलमा रहन्छ भने प्रिमियर लिगमा त्यो संख्या ६२% मात्रै छ । इङ्गल्याण्डको शीर्ष तहका ठूला लीगहरूमा बल खेलमा रहने सबैभन्दा कम प्रतिशत छ, यद्यपि च्याम्पियनशिपका खेलमा ५७.२% मात्र बल खेलमा रहन्छ ।
यो प्रतिशतमा सुधार नआउने भएपनि फिफाले १० मिनेट थपेर खेल भइरहेको समयलाई सुधार गर्ने आशा राखेको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोबाट आएको भनिएको यो विचार ,१० मिनेट थप गर्दा अन्तर्राष्ट्रिय फुटबल संघको बोर्ड, जसले नियमहरूमा परिवर्तन गर्ने निर्णय गर्छ त्यसबाट स्वीकृति लिनुपर्नेछ।
विगतमा फुटबलले रग्बीमा जस्तै घडी प्रणाली प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ, जहाँ खेल रोकिएको समयमा घडी रोकिन्छ, जस्ले बललाई धैरै समय खेलमा राख्न मद्दत गर्दछ ।
पछिल्ला महिनाहरूमा प्रत्येक चारको सट्टा दुई वर्षमा विश्वकप गराउने फिफाको निर्णयले चर्को आलोचना खेपीरहेको छ। हरेक दुई वर्षमा विश्व कप हुने र १० मिनेट लामो म्याचहरूका साथै फिफाले आफ्नो टूर्नामेंटमा थप टोलीहरू प्रस्तुत गर्ने तयारी गरेको छ, २०२६मा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा पहिलो पटक फाइनलमा ४८ पक्षहरू खेल्नेछन् ।