सिमकार्ड बिक्रीवितरणमा कडाइ गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको गुनासो आएपछि प्राधिकरणले प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण गर्न भनेको हो ।
‘मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्डररिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।