शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।

चैत २५ देखि वैशाख १८ सम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । साल्मोनेल्ला टाइफिई ब्याक्टेरियाबाट हुने टाइफाइडविरुद्धको भारतमा उत्पादित टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी)लगाइने स्वास्थ्य निर्देशनालयले बताएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा बर्षेनी करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् ।