काठमाडौँमा बृद्धाश्रम बनाउदै एनआरएनए, अध्यक्ष आचार्यको १ करोड सहयोग रहने प्रतिवद्धता

परोपकारी परियोजना अन्तर्गत एनआरएनएले काठमाडौँ स्थित पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने भएको छ ।

निर्णय अनुरुप यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कुल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २,५६,५०, २२२ गरी जम्मा तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस को प्रतिबद्धता प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुले कार्यकारी अध्यक्ष कुल आचार्यको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासँग भेटघाट गरी वृद्धाश्रम निर्माणका लागि जग्गा अधिग्रहणबारे छलफल गरेको छ ।

सदस्य सचिव थापाले कानूनी सबै मापदण्ड एवं प्रक्रिया मिलाएर सरकारको अनुमतिका साथ कार्य थाल्न सकिने र त्यसमा कोषको सहकार्य रहने बताए ।