सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चूनावी तालमेलका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्रतिवेदनका आधारमा प्रदेश, जिल्ला र स्थानीय तहस्तर हुने तालमेलका बिषयमा आवश्यक निर्णय गरिने कार्कीले बताए । उनले आगामी निर्वाचनमा पनि राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गरे ।
बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।