रुस-युक्रेन तनाव: ३९ लाखले छाडे देश

युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।

‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरले भनेको छ ।

मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त भएको बताइएको छ ।

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।