एनआरएनए कोरियाले आठ दिने कृषि तालिम सन्चालन गर्दै

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको संयोजकत्व तथा नेपाली राजदूतावास दक्षिण कोरियाको सहकार्यमा “आठ दिने कृषि उधम सम्भावना र चुनैती सम्बन्धि तालिम २०२२” को उद्घाटन कार्यक्रम गर्न लागिएको छ ।

“बिदेशमा सीप र पूंजी आर्जन गरौ, स्वदेशमा कृषि उधममा लगानी गरि आत्मनिर्भर र समृद्ध बनौ” भन्ने मूल नाराका साथ कार्यक्रमा प्रत्येक हप्ता फरक बिषय बस्तुहरुमा सम्बन्धित विज्ञहरु बाट प्रसिक्षण हुने छ।कार्यक्रमको उद्घाटन समारोह अप्रिल ३ तारिख साँझ ०७ बजे कोरियन समय अनुसार हुने र उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत ,विशेष अतिथि तथा बक्ताको रुपमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका उप सचिव डा बाबुराम ढुङ्गाना रहनेछन् ।

भर्चुअल माध्यम जुमबाट सन्चालन हुने उक्त कार्यक्रमको फेसबुक लाईभ एनआरएनए दक्षिण कोरियाको आधिकारिक फेसबुक पेजबाट हुनुको साथै बिभिन्न बिषय बस्तु, प्रशिक्षकको नाम ,जुम लिंक र ब्यानर हरेक हप्ता एनआरएनए दक्षिण कोरियाका को आधिकारिक फेसबुक पेज बाट सूचना प्रकाशित गरिने छ।

माध्यमः जुम भुर्चुल साथै फेसबुक लाईभ

जुम आइडी: ८६५ ०१९९ ५६८४

जुम पासकोड: १२३४५६

जुमलिंक: https://us02web.zoom.us/j/86501995684?pwd=UGdKeEl3cEFxT1orQmRTMWhUci9TUT09