गैरआवासिय नेपालीलाई स्वदेशमा लगानी गर्न आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासिय नेपालीलाई स्वदेशमा लगानी ल्याउन आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा गैरआवासिय नेपाली संघको १०औँ विश्व सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको विकासमा गैरआवासिय नेपालीको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वदेशमा लगानी ल्याउन आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाले बिनासकारी भूकम्प, कोरोना महामारी लगाएत नेपालको अप्ठ्यारो परिस्थितिमा गैरआवासिय नेपालीहरुले गरेको कामको प्रसंसा गर्नुभयो । उहाले गैरआवासीय नेपालीहरूको पुँजी र प्रविधिलाइ मुलुकको विकासका लागि संगठीत बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनले विधान संशोधन गरेको छ ।