गैरआवासिय नेपाली संघ (एनआरएनए)को १० औ विश्वसम्मेलन तथा महाधिवेशन समापन भएको छ ।
“गैरआवासिय नेपाली संघको प्रतिबद्धता: समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने नाराका साथ शनिबारबाट ललितपुरको होटल हिमालयमा सुरु भएको एनआरएनएको १० औ विश्वसम्मेलन तथा महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको हो । सम्मेलनको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो ।
घोषणापत्रमा नेपाल र नेपालीलाई विपद् पर्दा संसारभरीका नेपालीले हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यस्तै सीप, पुँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसारभरिका गैरआवासिय नेपालीहरु प्रतिवद्ध रहेको जनाइएको छ ।
सम्मेलनको उद्घाटन शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।