पीएनजी विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित, रोहितको शतक

पपुवा न्युगिनि (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।

किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो । २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । रोहितको १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।

नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २\२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १\१ विकेट हात पारे ।

नेपालले शनिबार पीएनजीबिरुद्ध अर्को एकदिवसीय क्रिकेट खेल्नेछ ।