गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।
शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री नारायण खड्का पनि विशेष अतिथि रहने छन् ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वअध्यक्ष शेष घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ ।
संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ ।