रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।
युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन नेटोले गरेको छ । रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने जानकारी सार्वजनिक गरेको छैन ।
युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भएको स्पष्ट पार्न सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए ।
युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।