निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिव २ करोड मतपत्र छापिने जनाएको छ ।
निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुल मतदाता भन्दा १० प्रतिशत बढि अर्थात करिव २ करोड मतपत्र छापिने जानकारी दिनुभयो । त्यस्तै आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि आपूर्तीकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ ।
अर्यालले निर्वाचन आचारसंहितामा उम्मेद्वारले राजीनामा दिनुपर्ने बुँदामा अदालतको आदेश भएकाले त्यसबाहेकका अन्य आचारसंहिता लागु हुने जानकारी दिनुभयो ।