एनआरएनएमा सहमति: एक कार्यकालमा दुई अध्यक्ष, गरिदै एकताको महाधिवेशन

गैर आवाशीय नेपाली संघ (एनआरएनए)को विवाद अन्त्य भएको छ ।

अध्यक्षका दुई प्रत्यासी आचार्य र केसीलाई समान हैशियतका अध्यक्ष बनाउनेगरि सहमति भएको हो । कुल आचार्य र बद्रि केसीलाई दुई अध्यक्ष बनाउने र बाँकी उपाध्यक्ष, महासचिव, सचिवलगायतका प्रमुख पद थप्नेगरि सहमति भएको छ ।

सँस्थामा एक कार्यकालमा समान हैशियतका दुई अध्यक्ष हुने, अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ । सोमबार राती सहमति भएसँगै कुल आचार्य, बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार बिहान सामुहिक पत्रकार सम्मेलन गरेका छन् ।

एनआरएनएको एकता गराउन निकै मेहनत गरेका कोषाध्यक्ष महेश श्रेष्ठेले धेरै साथिहरुको गाली खाए पनि सँस्था बचाउने प्रमुख भूमिकामा रहन पाउँदा खुसी लागेको बताए ।