५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस, नेपालमा जातीय विभेदका घटना घटेनन्

आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । दिवसका अवसरमा आज काठमाडौंमा बिभिन्न संघ संस्थाले संयुक्त रुपमा भृकुटिमण्डपदेखि शान्तिबाटीकासम्म प्रभातफेरीको आयोजना गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका थिए ।

नेपनलमा जातीय भेदभाव बिरुद्ध स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२ ÷ ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।