गैर आवासिय नेपाली संघ एनआरएनएको संस्थापन पक्षले आव्हान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैत्र सम्मका लागी अन्तरिम आदेश जारी गरेको छ ।
माननीय न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागी चैत्र ९ गते बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो ।
पाटन उच्च अदालतद्वारा एनआरएनएको पन्त समूहले विवादास्पद प्रतिनिधिसहित एक पक्षीय रुपमा गर्न लागेको विवादास्पद निर्वाचन प्रकृया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको हो । सो विषयमा छलफलका लागि दुबै पक्षहरुलाई बुधवार अदालतले बोलाएको छ ।
एनआरएन अभियन्ताहरु चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले दायर गरेको रिट निवेदन माथि प्रारम्भिक छलफल पछि इजलासले अल्पकालीन आदेश दिएको हो।
अब अर्को फैसला नहुँदा सम्म एनआरएनएले आगामी मार्च २४ र २५ तारीक मा गराउन लागेको निर्वाचन रोकिने छ ।