काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दावी गर्नुभयो । शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गर्नुभयो । त्यस्तै उहाले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाउनुभयो । जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उहाले बताउनुभयो ।
शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराउनुभएको थियो ।