हर्षोल्लासका साथ देशका पहाडी तथा हिमाली भेगमा आज होली पर्व मनाइयो

काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली मनाइएको छ ।

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यस दिनमा आफन्त तथा साथीभाई बीच प्राकृतिक रङ लगाएर यो पर्व मनाउने गरिन्छ ।

विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ ।

होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो । काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ ।

तराई क्षेत्रमा भने होली पर्व भोली मनाइदै छ ।