”म प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुग्यो”: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुगेको बताउनुभएको छ ।

सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताउनुभएको हो ।
उहाले कर्णालीको बिकटा ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पुराईने जानकारी दिनुभयो ।

दुरदराजमा रहेका जनतालाई बिद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उहाको भनाई छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सवै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने बताउनुभयो । उहाले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुराउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

हरेक बर्ष हुने पाँच दिने सिद्धि मन्त्र जप साधना पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।