रुसी सेना युक्रेनको राजधानी किभ नजिकिदै गर्दा स्थिती थप तनाबग्रस्त

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् ।
रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।

किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आकलन गरेका छन् ।

रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।