एमसीसी विवाद: अमेरिकाको सहयोग कि षड्यन्त्र ?

परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताएका छन् ।

शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएको भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाउने बताएका हुन् । उनले एमसीसी गरिबी न्यूनीकरणको लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरे । एमसीसी परियोजना नेपालमा लागू भए नेपालमा विद्युत उत्पादन अत्याधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए ।

कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।