नेकपा एमालेको विद्यार्थी संगठनले जलायो प्रधानमन्त्रीको पुत्ला

समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुले सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आर आर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निश्पक्ष निर्वाचन गर्न अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले माघ १८ गते प्रतिकात्मक रुपमा सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालो झण्डा देखाउने र माघ १९ गते संघिय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुले जनाएको छ ।