संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबीच मेडिकल शिक्षाका विषयमा विद्यार्थीहरुले अघि सारेको माग पूरा गर्ने सहमति भएको छ ।
सोमबार दुईपक्षबीच भएको छलफलका क्रममा विश्वविद्यालयले विद्यार्थीहरुको माग पूरा गर्ने प्रतिबद्धतासहित तीन बुँदे सहमति भएको हो । मंगलबारसम्ममा चिकित्सा शिक्षा आयोगसँग आवश्यक समन्वय गरि औपचारिक निर्णय गर्ने सहमति भएको विद्यार्थीहरुले जनाएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विद्यार्थीहरुको जायज मागलाई सम्बोधन गर्ने बताए । उनले सरकारले तोके भन्दा बढि शुल्क कलेजले लिन नपाउने स्पष्ट पारे ।
छलफलमा संयुक्त विद्यार्थी संगठनले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।