पूर्वप्रधानन्यायाधीश शर्माको निधन, शोक व्यक्त गर्दै देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द भएका छन् ।

सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको थियो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा शोक विदा दिने निर्णय गरिएको उल्लेख छ । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।