पुस ४ गतेदेखि सञ्चालन गरिएको जमलबाट सहिदगेटसम्मको एक महिने सरसफाई अभियान समापन भएको छ ।
विभिन्न ३३ वटा संघसंस्था मिलेर सञ्चालन गरिएको काठमाडौंको जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान मंगलबार समापन भएको हो । जमल सहिदगेट क्षेत्र काठमाडौको मुटु भएकोले यो क्षेत्र सफा भए नेपालका सबै ठाउँ सफा हुने भन्दै यस क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको सरसफाई अभियान्ता राजमान मानवले बताए । सरकारले कडाई नगरेको भन्दै फोहोर गर्नेलाई न्यूनतम दण्ड जरिवाना गर्ने व्यवस्था गर्न उनले सरकारसँग आग्रह समेत गरे ।
दक्षिण एसिया क्षेत्र सबै भन्दा बढी फोहोर भएको क्षेत्र भएकाले यसको सरसफाईका कार्यक्रम अघि बढाएको उनको भनाइ छ । त्यस्तै कोरोना संक्रमण जोखिमका कारण विदेश जान नमिलेकाले अहिले नेपालमै सरसफाईलाई केन्द्रित गरिएको जानकारी उनले दिए ।