नारायणहिटी परिसरको संरचना कफी सप नभइ नाचगान र मदिरापानका लागि तयार गरिएको खुलासा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा मन्त्री आलेले कफी सपको बहानामा ठूलै संरचना बनाउन खोजेको देखिएको बताए । त्यस्तै उनले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरक्षण गरेका थिए । संरचना हेर्दा कफी सप नभइ नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उनले बताए । उनले कफीसपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ती दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिए । उनले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताए ।

पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताए ।