आइतबार हुने भनिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको छ ।
च्यासलका १९ खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ ।
च्यासलले आफ्नो कोरोना संक्रमण देखिएपछि पुलिसविरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।