प्रधानमन्त्री देउवाको सरकार ६ महिनामै असफल भएको टिप्पणी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गरेका छन् ।

शुक्रबार रिपोर्टस क्लबले गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकारको ६ महिनामा पूँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफलतातर्फ उन्मुख भएको बताएका हुन् । उपमाहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउँदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको तर्क गरे ।

उनले संसदको अवरोध चाँडो अन्त्य होस् भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखे ।