कोभिड संक्रमण ह्वात्तै बढेपछि रोकथामका लागि धमाधम छलफल, सीसीएमसीको यस्तो निर्णय

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका विषयमा छलफल तीव्र पारेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी देश भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका विषयमा छलफल भएको हो । बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले विद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ ।

नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढ्पछि यसको रोकथामको चुनौती बढेको छ ।