पूर्व गभर्नर एन्ड्र्यू कुमो विरूद्धको एक मात्र आपराधिक आरोप खारेज गरिएको छ । न्यूयोर्कको न्यायालयले यौन उत्पीडन सम्बन्धमा कुमो विरुद्धको एक मात्र आपराधिक आरोप खारेज गरेको हो । अभियोजकहरूको अनुरोधमा शुक्रबार आरोप खारेज गरिएको छ ।
खारेजी पश्चात् न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयु कुमोका प्रवक्ताले राजनैतिक (नागरिक) ज़बर्दस्ती वसूलीको प्रयासमा एक पैसा नतिर्ने बताएका छन् ।
अल्बानी काउन्टी अभियोजकहरूले मुद्दा प्रमाणित गर्न नसकेपछि यसलाई त्याग्ने सोच गरेको हो ।
कुमोले २०२० मा आफ्नै कार्यकारी भवनमा आफ्नी सहायकलाई जबरजस्ती छोएको आरोप लगाइएको थियो । कुमोले यस आरोपलाई अस्वीकार गरेका थिए ।