नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएन)हरुका लागि नयाँ बैङ्किङ्ग नियम ल्याएको छ । नियमअनुसार नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने र सोबाट प्राप्त ब्याज विदेशी मुद्रामै फिर्ता लैजान सकिने प्रावधान छ ।
नयाँ प्रावधानले ५ हजार डलर तिरेर नेपालमा खाता खोल्न सकिने सुविधा दिएको छ । यसले गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नुका साथै नेपालको अर्थतन्त्र चलायमान पार्न पनि मद्दत पुग्ने बताइएको छ ।
यसअघि गैरआवासीय नेपाली संघले सरकारलाई सो सुविधाको लागि आग्रह गर्दै आएको थियो ।






