नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै यादवले महाधिवशेनमा कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको भन्दै अब पार्टी सभापतिले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने बताएका हुन् । उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबैभन्दा धेरै अभ्यास गराउने नेतामा गनिएको बताए । सभापति देउवाले गुटगत आधार नदेखाएको उनको भनाइ छ । फरक प्रसंगमा उनले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने दाबी समेत गरे ।
देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाइ छ ।