तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित, कहिले होला चिकित्सा शिक्षाको समस्या समाधान ?

चिकित्सा शिक्षामा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी)ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, विद्यार्थी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएकोमा गुनासो व्यक्त गरेका छन् । आफूहरुको माग अविलम्ब पूरा गरी कानूनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बिद्यार्थीहरुले कानूनको प्रवाह नगरि लिन खोजिएका अतिरिक्त शुल्कहरु तिर्न बाध्य नहुने चेतावनी दिएका छन् ।