भारतमा कोभिड १९ संक्रमण फेरि तीव्र गतीमा फैलन थालेको छ । एक हप्ताको अवधिमा कोभिड १९ का संक्रमित झण्डै ५ गुणाले बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले नागरिकहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् भने मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण १२३ जनाको मृत्यु भएको छ । १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए ।
त्यसैगरी भारतमा नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा देखापरेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरला सबैभन्दा बढी प्रभावित बनेका छन् । महाराष्ट्रमा ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित छन् ।
त्यस्तै, १० हजार ८४६ जना संक्रमण मुक्त भएका छन् ।
भारतमा कोभिडको जोखिम बढेपछि यतिवेला नेपालमा पनि स्थिति जोखिमपूर्ण हुनसक्ने प्रक्षेपण गरिएको छ । चिकित्सक तथा स्वास्थ्य विज्ञहरुले सर्वसाधारणहरुलाई होसियारी अपनाउन आग्रह गरिसकेका छन् ।