प्रचण्डद्वारा माओवादी केन्द्रीय सदस्यको नामावली वाचन सुरु

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले २३६ जना केन्द्रीय सदस्यको नामावली वाचन सुरु गरेका छन् ।

प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा उनले १२५ समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गर्ने भएका छन्। विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहनेछन् ।