माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बस्दै, यी निर्णयहरु गर्ने योजना

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन अघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने बुझिएको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो लगाएको र छुटेका प्रतिनिधिको नाम पेश गर्न प्रदेश कमिटीलाई जिम्मा दिइएको माओवादी प्रवक्ता महराले बताए । राष्ट्रिय सम्मेलन आइतबार दिउँसो १ बजे उद्घाटन हुने प्रवक्ता महराले जानकारी दिए ।

माओवादीले पुस ११ र १२ गते काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्दैछ ।