वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभामा मन्त्री यादवले नेपालको वनका काठको बिक्रीवितरणका विषयमा सरकारले आवश्यक नीतिगत सुधार गर्ने बताएका हुन् । नेपालका फर्निचरमा ग्राहकको आकर्षण बढाउनका लागि आयातित सामाग्रीसँग प्रतिस्पर्धा गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई सरकारले आवश्यक सहयोग गर्ने भन्दै नीतिगत सुधारका लागि सुझाव दिन आग्रह गरे । त्यस्तै मन्त्री यादवले वन क्षेत्रको संरक्षण र सुधारका लागि पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।