कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक: के विषयमा हुँदैछ छलफल ?

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

आज(शनिबार) दिउँसो १ बजेका लागि हालै निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।

बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गर्ने र दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएको छ ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।