विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गर्ने घोषणा गरेकी छन् ।
बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी दर्शनाले पार्टी परित्यागको निर्णय गरेकी हुन् ।
विज्ञप्तिमा उनले आफ्नो पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको र मूल नेतृत्व नै ढोंगी भएको आरोप समेत लगाएकी छन् । आफूले त्यस फोहोरलाई सफा गर्ने कोशिस गरेपनि पूर्णरुपले सफल नभएको गुनासो उनको छ ।
पार्टीको जग मजबुत नै भएपनि तल्ला थप्ने क्रममा भवन(पार्टी) बारम्बार टुक्रिएको र पछि थपिएका तल्लाहरु कमसल भएको सांकेतिक अभिव्यक्ति राख्दै उनले अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट पारेकी छन् ।
दर्शनाले जारी गरेको वक्तव्य: