‘जाने कुरै नगर’ले सरुलाई दिएको खुसी…

निशान भट्टराई र अञ्जली परियारको सुमधुर आवाजमा गाइएको ‘जाने कुरै नगर’ले यतिवेला बजारमा राम्रै चर्चा बटुलेको छ । राजेश बर्देवा र प्रतिभा शर्मा चपाइको शब्दमा उनिएको गीतमा संगीत भरेर सुनमा सुगन्ध थपेका छन् स्वयम् राजेश बर्देवाले ।
गीतले चौतर्फी लोकप्रियता कमाउनुको कारण यसको म्यूजिक भिडियो पनि हो । सरु शिवाकोटी र पुष्प खड्काको अभिनयले यसका अझै सुन्दरता थपिदिएको छ । नेपाली अभिनय जगतमा राम्रै स्थान बनाएका पुष्पसँग एउटै स्क्रिनमा देखिन पाउँदा सरू सिवाकोटी निकै उत्साहित छिन् । जीवनमा पहिलोपटक काम गरेको म्यूजिक भिडियो बाहिरिँदा उनको लागि आएका बधाई र स्याबासीका शब्दहरूले आगामी दिनमा झनै राम्रो गर्न उत्प्रेरित गरेको बताउँछिन् उनी ।

लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएता पनि नेपाली गीतसंगीत र कलाकारिताको अन्य पाटाहरूको उनि प्रशंसक नै हुन् । सधै अरूको अभिनय र भिडियो हरेर दंग पर्ने सरूको मनमा पनि यो विधामा आफ्नो उपस्थिति जनाउने रहर त थियो । तर विविध कारणले उनको त्यो सपना पूरा भएको थिएन । यस पटक भने नेपाल आगमनको समय पारेर सरूले आफ्नो त्यो सपना पुरान गरिन् उनले । ‘चलेका, खारिएका र मन पराईएका हिरोसंग खेल्न पाउंनु पनि कम गौरबको कुरा होइन । म निकै दंग छु, उनी भन्छिन् ।