नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दुई पदाधिकारी सहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी मनोनयन फिर्ताको समयमा एक सभापति, एक जना सहमहामन्त्री सहित ५५ जना केन्द्रीय सदस्यको उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् । केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने साथै सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएको कांग्रेस महाधिवेशन मिडिया सेन्टर संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राष्ट्रिय सभागृह र भकुटिमण्डपमा मतदान हुँदैछ ।