डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु, पानीमा तैरिएको अवस्थामा भेटिए शव

उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । आप्रवासीहरुलाई बोकेर संयुक्त अधिराज्यतर्फ जाँदै गरेको डुंगा डुब्दा ३१ जना यात्रुहरुको ज्यान गएको हो ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ ।

एकै स्थानमा ३१ जनाको मृत्यु भएकाले यस दुर्घटनालाई निकै दुर्भाग्यपूर्ण घटनाका रुपमा लिइएको छ ।