न्यायालयमै अन्याय झेल्नुपरेपछि, तीन सातादेखि जारी बार आन्दोलनको लागेन टुंगो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि धर्ना दिएको छ ।
तेस्रो चरणको आन्दोलनअन्तर्गत आज पनि कानून व्यवसायीहरु सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् ।

धर्नाका क्रममा उनीहरुले प्रधानन्यायाधिशविरुद्ध चर्का नारा लगाएका थिए । धर्नापछि बारमा आयोजित विरोध सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशकै कारणबाट भ्रष्टचार व्याप्त भएकाले राजीनामाको विकल्प नरहेको बताए । सेवाग्राहीहरुले तीनवर्षदेखि अदालतमा झेल्नुपरेको अन्याय अब हुन नदिने उनको भनाई छ । श्रेष्ठले प्रधानन्यायाधीशले विचौलियामार्फत फाइदा हुने मुद्दामात्र हेर्ने गरेको आरोप समेत लगाए ।

न्यायालयमा भष्ट्राचार, दलिय भागबन्डा गरेको लगायतका आरोप लगाउँदै नेपाल बार एसोसिएसनको अगुवाईमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरु तीन सातादेखि आन्दोलनमा छन् । आन्दोलन झन् चर्कँदै गएपछि न्यायालयको सुरक्षाका लागि भन्दै दंगा प्रहरी खटाइएको थियो । शान्तिपूर्ण आन्दोलनमा शस्त्रसज्जित प्रहरीको हस्तक्षेप हुनुले चौतर्फी आलोचना पाएपछि सोमबार सर्वोच्च परिसबाट दंगा प्रहरीलाई हटाइएको थियो ।