खोप केन्द्रमा स्वास्थ्यमन्त्री खतिवडाको स्थलगत निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रालयले यही कात्तिक १६ गतेदेखि बुधवार बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये मन्त्री खतिवडाले कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए । मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे ।

मन्त्रालयले चाडवाडका बेलामा घर फकिर्ने सर्वसाधारणको सहजताका लागि बिभिन्न चोकमा कोरोनाबिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो ।