बाल्टिमोर, अमेरिका
नेपाली समानहरुको अमेरिकामा अनलाइन व्यापार गर्दै आइरहेको प्राइम होलसेलले अब नेपालबाट विश्वभर व्यापार गर्ने भएको छ ।
अमेरिकाको बाल्टिमोरमा नेपाली युवाव्यवसायी गणेश लामीछानेले कोरोना महामारिको समयमा यो व्यवसाय शुरु गरेका थिए । नेपालमा रहेका उद्यमी व्यवसायीलाइ सहयोग पनि हुने र नेपाली मौलिक समानको विश्वव्यापी पहिचान बनाउन पनि सकिने उदेश्य राखेर शुरु गरिएको व्यवसायले हाल अमेरिकामा राम्रो सफलता पाइरहेको छ । प्राइम होलसेलले होलसेल मुल्यमा खुद्रा समान बेच्ने हुनाले पनि ग्राहक पाउन सजिलो भएको हो । “अमेरिकाको अनुभवले मलाइ उत्साहि बनायो त्यसैले विश्वव्यापी गर्ने तयारिमा लागेका हौँ’ लामीछानेले भने ।
नेपालबाट यूरोप, अष्ट््रेलिया, मध्यपुर्व, अफ्रिका,ओसियाना र समस्त दक्षिण एसीयाभर व्यवसाय गर्न सकिने उनको बुझाइ छ । त्यसको लागी बालाजुमा वायरहाउस स्थापना गर्न लागिएको छ । मुख्य गरि नेपाली उत्पादनलाइ विश्ववजारमा लान सके नेपाली उद्यमीलाइ आर्थीक मुनाफा मात्र हैन नेपालमै उद्योग धन्दा फस्टाउन सक्ने वातावरण बनाउन सहयोग पुग्ने उनको ठम्याइ छ ।
उनको अमेरिकाको अनलाइन स्टोरले हाल नेपाली हस्तकलाका समानहरु, पस्मिना लगायतका नेपाली पहिरन, पंचेबाज, मादल, बाँसुरी, तामाका भाडाहरु, पुजा समाग्री र क्युरियो सामानहरु बिक्रीबितरण गर्दै आइरहेको छ । बाल्टिमोरको वायरहाउसबाट अमेरिकाभर एकहप्ता भित्र डेलिभरि गर्दै आएका उनले नेपालबाट पनि त्यति नै समयमा विश्वको कुनै पनि कुनामा डेलिभरि गर्न सकिने जानकारि दिए । अहिले नेपालीहरु विश्वको धेरै कुनामा पुगिसकेका छन्, उनिहरु मार्फत बिक्रि प्रवर्धन गर्दै स्थानिय समुदायसम्म पुग्न सकिने लामिछानेको ठहर छ । नेपालबाट काम शुरु भैसकेको र यूरोपका केहि मुलुकमा पठाउन शुरु गरेका उनले बताए । प्राइम होलसेलको अधिकारिक बेभसाइट, www.primewholesalemd.com बाट सामान किन्न सकिन्छ ।
“इफ यु आर नट इन इन्टरनेट, यु आर नट इन बिजनेश” भन्ने भनाइबाट प्रेरित लामीछाने बाल्टिमोरमा ग्यास स्टेशन, व्युटि सैलुन लगायतका व्यवसायमा संलग्न छन् । व्यवसायका अलावा समाजसेवामा पनि सक्रिय लामीछाने बाल्टिमोर एसोसिएन अफ नेप्लिज इन अमेरिकाका उपाध्यक्ष र गोरखाली समाज मेरिल्याण्डको संयोजक हुन् ।
Community प्राइम होलसेलले नेपालबाट विश्वभर व्यापार गर्ने